• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव आयोजना गर्ने



काठमाडौं । नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ ।

एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो । युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो । युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उहाँले बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा युवालाई विभिन्न प्राविधिक विषयमा समेत जानकारी दिइने उहाँले बताउनुभयो । संसदीय अभ्यास कसरी सञ्चालन हुन्छ भन्ने विषयमा समेत युवालाई महोत्सवमा जानकारी दिने कार्यक्रम रहेको उहाँले प्रष्ट पार्नुभयो ।