२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव आयोजना गर्ने



अ+ अ-

काठमाडौं । नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ ।

एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो । युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो । युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उहाँले बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा युवालाई विभिन्न प्राविधिक विषयमा समेत जानकारी दिइने उहाँले बताउनुभयो । संसदीय अभ्यास कसरी सञ्चालन हुन्छ भन्ने विषयमा समेत युवालाई महोत्सवमा जानकारी दिने कार्यक्रम रहेको उहाँले प्रष्ट पार्नुभयो ।