• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा-भिडियो सहित



काठमाडौंं । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

पूर्वराजा शाह शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुग्नु भएको थियो । उहाँ मन्दिर जादा बाटोको दुबैतर्फ बसेका समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए । पूर्वराजा शाहले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजाआउ देश बचाउ भन्दै नारा लगाएका थिए।

उहाको स्वागतमा शिवनगर चोकमा बनाइएको गेटमाथि राखिएको ब्यानर प्रहरीले हटाएको थियो।प्रहरीले मन्दिर छेउको ब्यानर हटाउन प्रयास स्थानीयको बिरोधपछि हटाएन ।