४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

पत्रु खानाको विरोधमा: डा. अरुणा उप्रेती

पत्रु खानाको विरोधमा:  डा. अरुणा उप्रेती
अ+ अ-

काठमाडौँ । 'एउटै विषयमा दोहोर्‍याई तेहेर्‍याई कति लेखेको ? स्थानीय खानेकुराको प्रयोग गर्नुपर्छ, बालबालिकालाई पत्रु खाना दिनु हुँदैन, घरकै खानेकुरा दिनुपर्छ भनेर एकपटक लेखे पुग्दैन ? फेरि जुन जिल्ला गयो, त्यहीँका खानेकुरा, त्यही भोजन र पोषणका बारेमा लेख्नुहुन्छ। अरू केही मुद्दा पाउनुहुन्न कि क्या हो ?' कतिपय पाठकले मलाई यसरी नै सोध्ने गरेका छन् । पक्कै पनि मेरा लेखका विषय स्वस्थ भोजन र पोषणसँग सम्बन्धित छन्। तर, म 'पोषणविद्' वा 'पोषण विशेषज्ञ' होइन। पोषणको विषयमा लेख्दा म अति साधारण जानकारी मात्र दिन्छु र त्यति लेख्नलाई कुनै विशेषज्ञता चाहिँदैन। अक्षर नचिनेकी मेरी बज्यै र अलिअलि पढ्न(लेख्न सक्ने मेरी आमाजस्ता महिलाले भान्सामा जे पकाउँछन्, जे खान्छन्, बालबालिकालाई जे खुवाएर हुर्काउँछन्, मेरो लेखको विषय त्यही हो।

हाम्रा पुर्खाहरुले ‘विज्ञान’ नबुझ्दै के खाए स्वस्थ भइन्छ भन्ने जानिसकेका थिए । खानालाई उसिनेर, भुटेर, बफाएर, टुसा उमारेर खाँदा के–के फाइदा हुन्छन्, गेडागुडीमा टुसा उमारेपछि त्यसको पौस्टिकता झन् बढ्छ भन्ने जानेका थिए । खाजामा रेसादार पदार्थ भयो भने कब्जियत हुँदैन भन्ने कुराको ज्ञान थियो । अहिले पोषण विज्ञानले त्यही कुरा ठीक हो भनेर ठप्पा लगाएको मात्रै हो । 

मैले पोषणका विषयमा लेख्नुपर्ने कारण के हो भने भोजन संस्कृति हो। गर्भदेखि मृत्युको बेलासम्म भोजन चाहिन्छ। विवाह, व्रतबन्ध, जन्मदिन आदिमा मात्र होइन, युद्ध हुँदा शरणार्थीलाई, विपत्मा परेका र भूकम्पमा सर्वस्व हराएका मानिसलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण वस्तु पनि भोजन नै हो। किनभने, भोजनले नै जीवन दिन्छ। भोजन संस्कृतिसँग पनि जोडिएको छ। संस्कृतिले जीवनलाई जीवन्त बनाउँछ। संस्कृति नरहने हो भने मानव अस्तित्व नै संकटमा पर्दै जान्छ। शारीरकि रूपमा मात्र होइन कि मानसिक रूपमा पनि भोजन र पोषणको आवश्यकता पर्छ। त्यसैले म भोजनको विषयमा लेखिरहन्छु ।

अहिलेको पोषण विज्ञान समय–समयमा परिवर्तित भइरहन्छ । ‘घ्यु स्वास्थ्यका लागि ठीक छैन’ भन्ने कुरा केही वर्षअघि चर्चामा थियो । अहिले घ्युले स्वास्थ्यमा राम्रो असर पुर्‍याउँछ भनेर उनै वैज्ञानिक पोषणविद् भन्दै छन् । ‘अन्डाको पहेँलो भागले स्वास्थ्यमा खराबी गर्छ । अन्डाको सेतो भाग मात्र प्रयोग गर्नू भन्ने’ पोषणविद् अहिले सेतो–पहेँलो दुवै भाग राम्रो हुन्छ भनिरहेछन् । 

विदेशका वैज्ञानिकले भोजन र पोषणबारे छलफल गर्दा देशको हावापानी, संस्कृति, वातावरण र वर्तमान अवस्थाबारे कहिल्यै पनि छलफल गर्दैनन् । किनभने पोषणविद् पनि बजारबाट प्रभावित छन् । 

‘पत्रु खानाको उपयोगले सानैदेखि बालबालिकामा मोटोपन हुने र त्योसँगै गाँसिएको मधुमेह, उच्च रक्तचापको समस्या एकातिर छ भने बालबालिकालाई कुपोषण हुने समस्या अर्कोतिर छ’, बीबीसीले भनेको छ । यो लेख लेखिरहँदा एरियन नेस्टर लिखित ‘भोजनको राजनीति’ पनि पल्टाउँदै छु । अमेरिकाको जनस्वास्थ्यमा कसरी त्यहाँका ‘पत्रु खाना’ बनाउने कम्पनीको बोलवाला छ, कसरी उनीहरुले अमेरिकन सिनेट (हाम्रा सासंदजस्तै) लाई प्रभावमा पारेर ‘पत्रु खाना स्वास्थ्यका लागि खासै नराम्रो हुँदैन भन्ने जानकारी दिन्छन् भनेर लेखिएको छ । 

उनको किताबमा लेखिएको छ, ‘भोजन सन्तुलित हुनुपर्छ । शरीरलाई चाहिने सूक्ष्म पौस्टिक तङ्खव यसमा रहनुपर्छ । विश्वमा विविध जातजातिका मान्छेले विभिन्न संस्कृतिसहितका परिकारको खाना खान्छन् । यसले उनीहरुको स्वास्थ्य उत्तम रहन्छ ।  बाल्यकालदेखि नै कस्तो खाना खुवाइन्छ । त्यसले भविष्यमा उनीहरुको मधुमेह, मुटु रोग, उच्च रक्तचाप हुने–नहुने भर पर्छ । 

अमेरिकीका लागि निकालिएको भोजन निर्देशिकामा ‘बोसोजन्य पदार्थ, चिनी धेरै नखानू’ भनेर आयो । जनस्वास्थ्यविद्ले ‘बोसो र चिनी हालेका खाना कम खानू’ भनेका थिए । तर कम कम खानूभन्दा जनताले थोरै प्रयोग गरे बजारमा घाटा लाग्छ भनेरै ‘धेरै नखाऊ’ लेखियो । यो कुरा ठूला औद्योगिक घराना र पत्रु खाना बनाउने व्यापारिक स्वार्थलाई ध्यानमा राखेर लेखिएको थियो । ९४६–४७ ० ।

सरकारले ‘जनतालाई यो कम खाऊ, यो बढी खाऊ’ भन्ने होइन । जनतालाई जे मन लाग्छ, त्यही खान पाउनुपर्छ,’ सिनेटर जोनले भनेका थिए । सरकारमा बसेका मानिसले यसो भन्छन् भने अरुको त के कुरा ! बजारबाट प्रभावित वैज्ञानिकले त योसम्म भने, ‘कुनै पनि स्वस्थ व्यक्तिले जति मन लाग्छ, बोसोजन्य खाना खाए हुन्छ’ ९४७० । यसरी नीतिगत रुपमा काम गर्ने व्यक्तिले लिखित रुपमै यस्तो कुरा गरेपछि जनतालाई हो भन्ने लाग्ने नै भयो । तर अहिले अमेरिकी जनस्वास्थ्यविद्ले नै भन्छन्– बोसोे भएको खाना कम प्रयोग गर्नुपर्छ । 

वास्तविक जनस्वास्थ्यविद् र पोषणविद्ले पोषणबारे भनेका कुरालाई अमेरिकी व्यापारीले अस्वीकार गर्छन्, नेपालमा पनि । नेपाल सरकारले केही अघि स्कुलमा ‘पत्रु खाना बेच्न नहुने’ नीति ल्याएको थियो । तर सरकारको नीति यसै हराएर गयो । यदि अहिलेदेखि नै पत्रु खानाको विरोधमा लागिएन भने भविष्यमा हाम्रो युवा पुस्ता मोटो भएर अनेक समस्यामा फस्नेछ ।