३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका बारेमा सर्वदलीय सहमति गरेर संसदमा आउन सभामुख सापकोटाको आग्रह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतालाई संसदबाट अविलम्ब पारित गराउन प्रतिबद्ध रहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले यसका लागि सर्वदलीय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानले सभामुखको भनाइ उद्धृत गर्दै न्यूजपोलारसँग भन्नुभयो, “एमसीसी संसद्को मात्र विषय रहेन, यो नागरिकस्तरमा पनि धेरै बहस र छलफल भएको विषय हो, दलहरुले राष्ट्रिय सहमति खोजेर मात्र संसद्मा आउनुपर्छ, एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीयरुपमा सहमत भएर आउनुस् । दलहरु निर्णायक हुँदा मेरो अरु केही भन्नु छैन ।”

संसद् सुचारु नहुँदा यस्ता विषयमा छलफल गर्न नसकिएको भन्दै सभामुख सापकोटाले दलहरुलाई संसद् सुचारु गर्न वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार एमसीसीजस्ता जस्तो विषयमा राष्ट्रिय सर्वदलीय छलफल गर्न पनि संसद् सुचारु हुनुपर्ने स्पष्ट गर्नुभयो । उहाँले मुख्य गरेर तीन कुरा– एमसीसीमा राष्ट्रिय सहमति, जनस्तरबाट उठेका प्रश्नको निरुपण र संसद्को अवरोध अन्त्य गर्नमा दलहरुलाई केन्द्रीत हुन आग्रह गर्नुभएको छ ।

पछिल्ला केही दिनयता एमसीसीबारे राजनीतिक दल, नागरिक समाजलगायतका क्षेत्र ध्रुवीकृत भइरहँदा सभामुख अग्नि सापकोटाले पनि विभिन्न पक्षसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पारित गराउन अवरोध भए सत्ता गठबन्धन तोड्न आफू बाध्य हुने सत्ता गठबन्धनका साझेदारहरुलाई चेतावनी दिँदै नेकपा एमालेसँग वार्ता अगाडि बढाउनुभएको बताइएको छ ।  एमसीसीलाई हुबहु पारित गर्न नहुने पक्षमा रहेका सत्ता गठबन्धनका नेकपा माओवादी (केन्द्र) नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनमा समस्या आउने बताएका छन् ।