३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले स्वकीय सचिवालयबाट १३ जनालाई हटाए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयमा कार्यरत १३ जना  हटाइएको छ । प्रधानमन्त्री प्रचण्डले माघ १ गतेदेखि लागु हुने गरी स्वकीय सचिवालयबाट १३ जनालाई हटाएका प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले बताए ।

सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका दैरेले बताए ।

प्रधामनन्त्रीका स्वकीय सहसचिव नारायणप्रसाद ढुंगाना, स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली, कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीलाई  हटाईएको छ ।

यस्तै, कार्यालय सहयोगी अविनाश वाइवा, हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे र पवित्रबहादुर शाही पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् ।