२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराएको औंठी १३ वर्षपछि गाजरमा भेटियो



अ+ अ-

एजेन्सी । धेरै वर्षअगाडि हराएको एउटा मूल्यवान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन्।

१३ वर्ष पहिला म्यारी ग्राम्सले क्यानाडाको अल्बर्टामा आफ्नो बगैंचामा हीराको औंठी हराएका थिए। यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ।

यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसकेको थियो। तर, केही दिनअगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन्।

मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुकाएरै राखेकी थिइन्। लाजले हराएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि बताएकी थिइनन्। तर, उनका छोरालाई यसबारेमा थाहा थियो।

सोमबार मेरीकी बुहारीले बगैंचामा गाजर उखल्दा उक्त रहस्यबाट पर्दा हट्न पुग्यो। वर्षौंसम्म माटोमा दबिएर रहेको औंठी बुहारीलाई गाजरमा फसेको अवस्थामा प्राप्त भयो।

मेरीले औंठी हराएको घटना लुकाउन बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन्। कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेलीलाई गाजर खान मनलागेपछि उनले उक्त गाजर उखेलेकी थिइन्।