२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा युद्धका सय दिन: संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुन: आह्वान



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमवार गाजामा द्वन्द्व शुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुन: आह्वान गर्नुभएको छ ।

गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको बताउनु भयो । उहाँले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढीरहेकोले भन्दै चाँडै युद्धबिराम गर्न आह्वान गर्नुभयो ।

उहाँले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताउनु भयो । उहाँले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताउनु भयो । द्वन्द्व शुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सिमित नरहेको बताउनु भयो ।

गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भएपनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताउनु भयो । भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताउनु भयो । सहायता अभियानले गाजा भित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको बताउनु भयो ।

हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय दिन नसक्ने बताउनु भयो ।