८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण



अ+ अ-

ललितपुर । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्र स्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताउनुभयो । अस्पतालका निर्देशक डा. शाक्यले कोभिडका कारण लगभग १० महिना आर्थिकरुपमा थला परेको अस्पतालले सामग्री पाउँदा थप आवश्यक सेवा दिन सक्ने भएको जनाउनुभयो ।

 एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ । त्यस्तै इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ । रासस