५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका प्रशिक्षकले मेसीलाई भोट दिएनन्, अन्य क-कसलाई दिए भोट ?



अ+ अ-

काठमाडौँ । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसी फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो ।

यस फिफा ‘द वेस्ट’ अवार्डमा फिफा राष्ट्रका सदस्य देशहरूका कप्तान, प्रशिक्षक र पत्रकारले भोट गर्ने प्रावधान छ । यसै प्रावधान अनुसार विश्वभरका भोटका आधारमा मेसी ‘फिफा द वेस्ट’ प्लेयर बनेका हुन् ।

नेपालबाट भोटिङको अधिकार पाएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भने मेसीलाई शीर्ष तीनमा भोट दिएनन् । एनेसले पहिलो नम्बरमा अर्लिङ हालान्डलाई भोट दिँदा, दोस्रोमा खभिचा कभरात्सखेलिया र तेस्रोमा केभिन डी ब्रुएनालाई भोटिङ गरे ।

यस्तै, कप्तान किरण लिम्बुले मेसीलाई पहिलो नम्बरमा भोटिङ गर्दा केलियन एम्बाप्पेलाई दोस्रो र हालान्डलाई तेस्रो नम्बरमा राखे ।

पत्रकारको तर्फबाट गोल नेपाल डटकमा सञ्चालक विक्रम थापाले भोटिङ गरेका थिए । उनले अर्लिङ हालान्डलाई पहिलो नम्बरमा राख्दा युलियन अल्भारेजलाई दोस्रो तथा मेसीलाई तेस्रो नम्बरमा राखे ।