१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरो अंकले घटेको सोमबारको बजारमा हिमालयन पावरको शेयरमूल्य सर्वाधिक प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक ओरालो लागेको छ । आजको दिन नेप्से परिसूचक १८.०७ अंकले घटेर २ हजार ३ सय ८९ विन्दुमा झरेको छ। यो भनेको ०.७५ प्रतिशतले घटेको हो ।

सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेको छ । यस दिन १.१७ प्रतिशतले घटेर ४३०.०५ विन्दुमा झरेको हो । सोमबार २१२ वटा कम्पनीको ५२ हजार ३०९ पटकको कारोबारमा रू. ४ अर्ब २४ करोड ८४ लाख २४ हजार बराबरको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर कारोबार भएको छ । 

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ भने व्यापारिकको १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.१९ प्रतिशत, म्युचुअल फण्डको ०.०२ प्रतिशत र लगानी समूहको परिसूचक ०.५७ प्रतिशत बढेको छ । 

यो दिन अन्य समूहको परिसुचक सर्वाधिक २ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको १.६ प्रतिशत, बैंकिङको १.०१ प्रतिशत, जीवन बीमाको ०.७६ प्रतिशत, वित्तको ०.६४ प्रतिशत, लघुवित्तको ०.६१ प्रतिशत, विकास बैंकको ०.४४ प्रतिशत र जलविद्युतको ०.०४ प्रतिशत परिसूचक घटेको छ । 

यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६.२५ प्रतिशत घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २८ ले मूल्य घटेर अन्तिम मूल्य रू. ४२० कायम भएको छ ।

दोहोरो अंकले घटेको सोमबारको बजारमा ४ ओटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । 

चन्द्रागिरी हिल्सको ९.९५ प्रतिशत अर्थात प्रतिकित्ता रू. ८८ ले बढेर अन्तिम मूल्य रू. ९७२, घलेम्दी हाइड्रोको ९.४९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १७३, पञ्चकन्यामाई हाइड्रोपावरको ९.४७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. १८५ र आँखुखोला जलविद्युतको ९.०३ अर्थात् प्रतिकित्ता रू. १३ ले बढेर अन्तिम मूल्य रू. १५७ पुगेको हो ।

सोमबारको कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ४३ करोड ६२ लाख २१ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य पनि २.६८ प्रतिशत बढेको छ ।  यो दिन प्रतिकित्ता रू. १४ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५३७ कायम भएको हो ।