३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दोहोरो अंकले घटेको सोमबारको बजारमा हिमालयन पावरको शेयरमूल्य सर्वाधिक प्रतिशतले घट्यो

दोहोरो अंकले घटेको सोमबारको बजारमा हिमालयन पावरको शेयरमूल्य सर्वाधिक प्रतिशतले घट्यो
अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक ओरालो लागेको छ । आजको दिन नेप्से परिसूचक १८.०७ अंकले घटेर २ हजार ३ सय ८९ विन्दुमा झरेको छ। यो भनेको ०.७५ प्रतिशतले घटेको हो ।

सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेको छ । यस दिन १.१७ प्रतिशतले घटेर ४३०.०५ विन्दुमा झरेको हो । सोमबार २१२ वटा कम्पनीको ५२ हजार ३०९ पटकको कारोबारमा रू. ४ अर्ब २४ करोड ८४ लाख २४ हजार बराबरको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर कारोबार भएको छ । 

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ भने व्यापारिकको १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.१९ प्रतिशत, म्युचुअल फण्डको ०.०२ प्रतिशत र लगानी समूहको परिसूचक ०.५७ प्रतिशत बढेको छ । 

यो दिन अन्य समूहको परिसुचक सर्वाधिक २ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको १.६ प्रतिशत, बैंकिङको १.०१ प्रतिशत, जीवन बीमाको ०.७६ प्रतिशत, वित्तको ०.६४ प्रतिशत, लघुवित्तको ०.६१ प्रतिशत, विकास बैंकको ०.४४ प्रतिशत र जलविद्युतको ०.०४ प्रतिशत परिसूचक घटेको छ । 

यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६.२५ प्रतिशत घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २८ ले मूल्य घटेर अन्तिम मूल्य रू. ४२० कायम भएको छ ।

दोहोरो अंकले घटेको सोमबारको बजारमा ४ ओटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । 

चन्द्रागिरी हिल्सको ९.९५ प्रतिशत अर्थात प्रतिकित्ता रू. ८८ ले बढेर अन्तिम मूल्य रू. ९७२, घलेम्दी हाइड्रोको ९.४९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १७३, पञ्चकन्यामाई हाइड्रोपावरको ९.४७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. १८५ र आँखुखोला जलविद्युतको ९.०३ अर्थात् प्रतिकित्ता रू. १३ ले बढेर अन्तिम मूल्य रू. १५७ पुगेको हो ।

सोमबारको कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ४३ करोड ६२ लाख २१ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य पनि २.६८ प्रतिशत बढेको छ ।  यो दिन प्रतिकित्ता रू. १४ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५३७ कायम भएको हो ।