७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले सचिवलाई कारबाही गर्न पत्र लेखेपछि….



अ+ अ-

काठमाडौ। कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्रालयका मन्त्री ले आफनै मन्त्रालयका सचिवलाई कारबाही गर्न भन्द्यै मुख्यमन्त्री लाई पत्र लेखेका छन् ।  

सचिव पदको जिम्मेबारी र  दायित्व निर्बाह नगरेको भन्दै मन्त्री दल रावलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय लाई आबश्यक कारबाही गर्न माग गर्दे पत्र लेखेका हुन् । पत्रमा भनिएको छ कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पोडेलले २०७७ श्राबण १६ गते देखी मन्त्रालयमा पद बहाली गरेको जानकारी गराईएको छ । पत्रमा भनिएको छ– निज पौडेलले पदबहाली गरेको समय  देखि नै मन्त्रालयको कामकाज  भन्दा आफनो व्यक्तिगत कामलाई मात्र महत्व दिएको  पाईयो । 

सचिव पदको जिम्मेवारी, दायित्व र कर्तव्य लाइृ रिानीमा हालेर निदाए जस्तो  गरी आ.व ०७७/७८को अन्तिम तीर आउदा सम्म पनि मन्त्रालयको कामको सिन्को भाँच्ने सम्मको  कार्य नगरेर मन्त्रालयको कार्यसम्पादन प्रगति एकदम कमजोर देखिएको  हुनाले निज सचिवलाई नेपाल सरकार संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयमा फिर्ता  पठाउनका लागि  आबश्यक कदमका साथ कारबाही अगाडी बढाउन माननिय मुख्यमन्त्रीज्यूलाई हार्दिक अनुरोध  गर्दछु ।