२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले भन्यो: भारतसँग भएका पछिल्ला सम्झौता संवेदनशील छन्, सार्वजनिक हुनुपर्छ



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्ताबेजहरु माग्ने भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल—भारतको बीचमा भएका सम्झौताहरु सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।

उहाँले विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत लगायतका सम्झौताहरु माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरु संवेदनशील रहेको बताउनु भयो । बैठकले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको प्रगति विवरण पार्टीमा बुझाउन निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले हामीले केही दिनअघि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । गठबन्धनको तर्फबाट त्यसलाई विजयी गराउन पार्टीका सबै कमिटीहरु, स्थानीय तहका मतदाता, प्रतिनिधि, पार्टी कमिटी सबैलाई एकजुट भइ लाग्न र उम्मेदवार जिताउन पार्टीले पुन: आह्वान गरेको छ । नेपाल र भारतको बीचमा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा दुई देशहरुको बीचमा भएको केही सम्झौताहरु त्यो अहिले बजारमा चर्चामा रहेका छन् । यी र यस्ता सहमति धेरै देशसँग नेपालले गरेको छ । त्यो कुरालाई सार्वजनिक गर्न हाम्रो पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रश्ताव गरेको थियो । त्यसलाई सँगै जोडेर पार्टीले यसबारेमा विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत जे जस्ता चिजहरु छन् । त्यसको बारेमा गरिएका सदुपयोग गरिने शर्तहरु केके छन्, ती सबै डकुमेण्ट नेपाल सरकारसँग माग गर्ने र पार्टीमा अध्ययन गरी निस्कर्ष निकाल्ने निर्णय गरेका छौँ । किनभने विषयवस्तु संवेदनशील रुपमा बजारमा उठिरहेको छ । पार्टीले कर्तव्य सम्झिएको छ । सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरुले आजसम्म गरेका कामहरु कस्ता छन्, प्रगति कस्तो छ ? यसको विवरणसहित तत्काल पार्टीलाई विवरण बुझाउन निर्देशन दिएको छ । आउँदो माघको ८ गते दिनको ११ बजे पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाइएको छ ।’

बैठकले माघको ८ गते पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाएको छ ।