• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

अमिताभले अयोध्यामा १४.५ करोडको प्लट किने, त्यसमै घर बनाउने



एजेन्सी । बलिउड दिग्गज अभिनेता अमिताभ बच्चनले अयोध्यामा राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ समारोह अघि १४.५ करोडको प्लट किनेका छन् । इलाहाबाद (अहिले प्रयागराज)मा जन्मेका दिग्गज अभिनेताले मुम्बई स्थित विकासकर्ता द हाउस अफ अभिनन्दन लोढाको ७ तारा मिश्रित प्रयोगको एन्क्लेभ द सरयू मा यो लगानी गरेका छन् ।

मिन्टको रिपोर्ट अनुसार अमिताभले ५१ एकडमा फैलिएको ‘द सरयू’ मा १० हजार स्क्वायर फिटको प्लट किनेका छन् । त्यसैमा उनले आफ्नो घर बनानेछन् । राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ समारोह हुने दिनमा २२ जनवरीमा सरयूको उद्घाटन पनि हुनेछ । यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले अयध्यास्थित श्री राम मन्दिरको उद्घाटन गर्नेछन् ।

यस परियोजनामा ​​लगानी गर्ने बारे एचटीसँग कुरा गर्दै अमिताभले भने, ‘म अयोध्यामा ‘द सरयू’ बाट यो यात्रा सुरु गर्न पाउँदा उत्साहित छु । यो मेरो मुटुको नजिक रहेको सहर हो । अयोध्याको आध्यात्मिकता र सांस्कृतिक समृद्धिले भावनात्मक सम्बन्ध सिर्जना गरेको छ । म यस विश्वव्यापी आध्यात्मिक राजधानीमा मेरो घर बनाउन उत्साहित छु ।’

अर्कोतर्फ, कम्पनीले यसलाई आफ्नो लागि कोशेढुङ्गाको पल पनि भन्दै आएको छ । ‘द सरयू’ मा अमिताभलाई पहिलो नागरिकको रुपमा स्वागत गर्न पाउँदा आफू निकै उत्साहित भएको उसले बताउँछ । ‘द सरयू’ राम मन्दिरबाट १५ मिनेट र अयोध्या अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० मिनेटको दूरीमा छ ।

अमिताभले हालै अक्षय कुमार र दक्षिण सुपरस्टार सुरियासँग इन्डियन स्ट्रिट प्रिमियर लिगको लागि प्रोमो भिडियो खिचेका छन् । अमिताभको अन्तिम फिल्म ‘गणपत’ अक्टोबर २० मा रिलिज भएको थियो, जुन नराम्ररी फ्लप भयो । यो वर्ष उनका ‘कल्की २८९८’, ‘बटरफ्लाई’ र ‘भेटियाँ’ जस्ता फिल्म रिलिज हुँदैछन् । अमिताभले ८१ वर्षको उमेरमा भेट्टियन मार्फत तमिलमा डेब्यु गर्न लागेका छन् ।