२५ भाद्र २०८३, बिहीबार
,
Latest
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिपफेकको शिकार भए सचिन तेन्दुलकर



अ+ अ-

एजेन्सी । पूर्व क्रिकेटर सचिन तेन्दुलकर पनि डिपफेकको सिकार भएका छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी गेमिङ एप ‘स्काईवार्ड एभिएटर क्वेस्ट’को प्रमोशन गरिरहेको देखिन्छ ।

सचिन आफैंले यो भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन् कि यो भिडियो नक्कली हो र धोका दिन बनाइएको हो । प्रविधिको यस प्रकारको दुरुपयोग सरासर गलत रहेको उनी बताउँछन् ।

उनले यो सन्देशमा भारत सरकार, सूचना तथा प्रसारण राज्यमन्त्री राजीव चन्द्रशेखर र महाराष्ट्र साइबर प्रहरीलाई ट्याग गरेका छन् ।

यो नक्कली भिडियोमा उनी आफ्नी छोरी साराले यो गेमबाट हरेक दिन ठूलो रकम निकाल्ने गरेको देखिएका छन् । अहिले राम्रो पैसा कमाउन कत्तिको सजिलो भएको देखेर म छक्क पर्छु भनी उनीहरू मानिसहरूलाई बताउँछन् ।

गत वर्ष नोभेम्बरमा, अभिनेत्री रश्मिका मन्दनाको एक डीपफेक भिडियो सोशल मिडियामा भाइरल भयो, जसमा रश्मिकाको अनुहार एआई टेक्नोलोजी प्रयोग गरेर प्रभावकारीको अनुहारमा सफासँग मोर्फ गरिएको थियो । सामाजिक सञ्जालमा हजारौं मानिसले रश्मिकाको यो नक्कली भिडियोलाई वास्तविक ठानेका छन् किनभने यसमा देखिएका अभिव्यक्तिहरू बिल्कुल वास्तविक देखिएका छन् ।