२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

धुम्बाराहीका २ घण्टा १० मिनेट : मन माझ्ने भन्दा घाउ कोट्याउनेतिर केन्द्रित

धुम्बाराहीका २ घण्टा १० मिनेट : मन माझ्ने भन्दा घाउ कोट्याउनेतिर केन्द्रित
अ अ+ अ-

काठमाडौ  । एक अर्का बिरुद्ध गाली गलौज र आरोप प्रत्यारोपको कुनै शब्द नै बाकि नराखेका नेकपा एमालेका नेताहरु ४ महिना पछि पार्टी मुख्यालय धुम्बाराहीमा  पुगे । एकै पार्टीका दुई नेताहरु बीच भएको छलफल अन्य कुनै दुई पार्टी बीच भएको छलफल जस्तो देखिएको थियो ।

आईतबार एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का नेता माधव नेपाल प्रति कटाक्ष गरेपनि साँझ नेता माधव नेपाललाई छलफलका लागि आमन्त्रण गर्नु भएको थियो । पुस ४ गते बालुवाटारमा पाइलो नहाल्नु भएका नेता नेपालले सम्वादका लागि सहमति जनाउँदै पार्टी कार्यालयमा नै भेट्ने बताएपछि आफ्ना स्थायी सहयोगी बोकेर दुबै पक्ष धुम्बाराही पुगेका थिए  ।  बैठकको सुरुमा अध्यक्ष ओलीले  पुष्पकमल दाहाल  प्रचण्डसँग मिलेर आफूलाई सिध्याउन खोजे पनि सर्बोच्च अदालतको फैसलाले राजनीतिक जीवन जोगिएको भन्दै गल्तीको रियलाइजेसन गर्न आग्रह गर्नुभएको थियो । उहाँले पुराना सबै कुरा कोट्याएर  बदला लिने सोच आफूमा नरहेको स्पष्ट पार्नु भएको थियो ।

छलफलमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले  भन्नुभयो, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो ? एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नु भएन । आफ्नै अध्यक्षलाई चार–चार पटक निष्कासनको घोषणा  गर्ने देखि, फौजदारी अभियोगसम्म लगाउनु भयो । अब विगततिर धेरै नजाउँ,  अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको छ त्यही अनुसार अघि बढौं ।  

अन्य समयमा भन्दा निकै नरम रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री ओलीले कुराहरु राख्दै गर्दा नेता नेपालले पटक पटक आपत्ति जनाउनु भएको थियो ।  प्रधानमन्त्रीले सर्वाेच्चकाे फैसला पछिको बैठकमा किन नआउनु भएको भन्दै प्रश्न राखेपछि नेपालले प्रतिवाद गर्दै भन्नुभयो – त्यो तपाईहरुकाे गुटभेला हो बैठक  होइन, बैठक मानिदैन, नयाँ  परिस्थितिमा  एमालेको माहाधिवेशनले दिएको म्याण्डेट भन्दा एक इन्च पनि दायाँ बायाँ हुँदैन ।  

माधव नेपालले घारणा राख्दा गम्भीरतापूर्बक सुन्नु भएका प्रधानमन्त्री ओलीले  २८ गतेको निर्णयलाई मानेर जाऔँ, बैठकबारे कुनै असहमति भए  ७ गतेको बैठकमा उपस्थित भएर कुरा राख्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले ४ र ५ गतेको राष्ट्रिय भेला रोक्न आग्रह गरेपछि नेता नेपालले भन्नुभयो, ‘सल्लाह गरौं, चैत्र ३ गतेको चियापान स्थगित गर्नुहोस्, ७ गतेको बैठक पनि स्थगित गर्नुहोस्, थप सल्लाह गरेर मात्र केन्द्रीय कमिटीको बैठकको निम्ति अर्को मिति तोकौं, अन्यथा मान्न सकिन्न ।

२८ गते बसेको भनिएको केन्द्रीय समितिको बैठकले पूर्व माओवादीका नेताहरु रामबहादुर थापा सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै विभिन्न जिम्मेवारी दिइएको थियो ।  माधव नेपाल केही आक्रामक रुपमा प्रस्तुत भएपनि उहाँ पक्षका नेताहरु संयमित  देखिएका थिए ।

एमाले विभाजन हुन नहुने भन्दै नयाँ शिराबाट छलफल गरी निचोडमा पुग्नु पर्ने पक्षमा देखिएको एक नेताले जानकारी दिए ।  दुबै पक्ष आफूले आयोजना गरेका कार्यक्रम नरोक्ने मनस्थितिमा पुगेपछि दुबै कार्यक्रमहरु गर्ने तयारीमा जुटेका छन् ।  यद्यपी  धुम्बाराही बैठक सकिएर बाहिरिएका दुबै पक्षका केही दोश्रो तहका नेताहरु पुन : छलफलमा भने जुटेका छन् । नेपाल पक्षले धुम्बाराहीमा भएको छलफल बारे जानकारी गराउन बानेश्वरको अर्याल होटलमा नेताहरुलाई बोलाएका छन् ।