२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

प्रशब पीडाबाट मुक्त भएको अनुभुति भएको छ, संयम बनौं, फेरि अधैर्य नबनौं

प्रशब पीडाबाट मुक्त भएको अनुभुति भएको छ, संयम बनौं, फेरि अधैर्य नबनौं
अ अ+ अ-

कमरेडहरु ,कठोरताको पराकाष्ठाको रुप कस्तो हुँदोरहेछ देखियो । सरकारको दुई वर्षको कार्यकाल पछि देखियो निर्मम दृश्यहरु । सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कमजोरीहरु खोज्दै हिंड्ने , मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने , नभएको मिथ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला । जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनिहरुलाइ हाम्रै कमरेडहरुबाट हतोत्साही बनाउने काम भयो ।

त्यो पीडा खेप्ने मध्येको म एक हो । मेरो कुनै स्वार्थ थिएन , पार्टीको सबल पक्षको प्रचार गर्ने , नेतृत्वको सबल पक्षको प्रचार गर्ने , सरकारको राम्रो कामको प्रचार गर्ने यो काम सबैले गरेको भए  सबैको हित र आन्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें , आज मात्रै होईन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।  
कमरेडहरु, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ । पार्टी एकीकरण पछि  तीन वर्ष संगठन चलेन । भक्तपुर , धरान र चितवनको प्रदेश ,र स्थानीय तहको उपनिर्वाचनको परिणामले  बतायो की , एकताले फाईदा होईन नोक्सान गर्‍यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन । हाम्रा आदरणीय नेताहरू समेत निर्ममता पुर्वक सरकार र पार्टी अध्यक्षका विरुद्ध उभिनु भयो । त्यति मात्रै होईन पार्टीका अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन ।

यी सबै तीता कुरा  छोडौं , मलाई समेत कार्वाही गरेको पनि बिर्सिदिउँला । आज हामी सबै एमाले भएका छौं , प्रसब पीडाबाट मुक्त भएको अनुभुति भएको छ । अब कमरेडहरु , प्रचण्डले आज पनि  एमाले फुटाउन उत्तेजित बनाउने गरि जे गर्दै हुनुहुन्छ  र जस्तो अभिव्यक्ति दिंदै हुनुहुन्छ , अब बहकिन जरुरी छैन । आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कमरेडहरुको बीचमा बार्ता हुनु अत्यन्तै सकारात्मक कुरा हो , यसले सकारात्मक सन्देश पनि दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्रा बीचमा हार्दिकता बढाएर जाउँ , चैत्र ७ गतेको बैठकमा आउनुहोस सबै समस्यालाई बिधिसम्मत हल गरौं र एकताबद्ध एमाले बनाऔं ।  

माओवादी केन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्त भइ कम्युनिस्ट आन्दोलनको मुलधारमा रहन  चाहनुहुन्छ ,  वहाँहरुलाइ सम्मान जनक तरिकाले सँगै बस्न आव्हान गरौं । अहिले कमरेड केपी ओलीकै नेतृत्वमा बैचारिक रुपमले सहमत भएर रहनुहुने कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिइएको  कुरामा सबै सकारात्मक बनौं ।  विस्तारै सबै कुरा मिल्दै जानेछ , सल्लाह हुँदै जाँदा जिम्मेवारीको विषय पनि मिल्दै जानेछ । संयम बनौं , फेरि अधैर्य नबनौं ।