२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमै पहिलो पटक सञ्चालनमा आयो पानी फ्याक्ट्री ‘साथी’



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा पहिलो पटक पानी फ्याक्ट्री सञ्चालनमा आएको छ । भिमाद बजारबाट नजिकै अवस्थित म्याग्दे गाउँपालिका-५ छाङ्गपाटनमा पानी फ्याक्ट्री ‘साथी २४इन्टु७’ सञ्चालनमा आएको हो ।

छाङ्गपाटनका स्थानीय विष्णु भक्त खनालले उक्त पानी फ्याक्ट्री सञ्चालनमा ल्याएका हुन् । भारतीय सेनाबाट सेवानिवृत्त आएर रोजगारीका सिलसिलामै दुई वर्ष दुबईको अबुधावीमा काम गरेर खनाल देशमै केही गर्नुपर्छ भनी नेपाल फर्किए ।

सामाजिक अभियन्ता भएर हिँडेका खनालले भाषण गरेर मात्र नहुने आर्थिक पाटो पनि अपरिहार्य हुने भन्ने कुरा बुझे । त्यसपछि २३ रोपनि जग्गामा बैंकमा धितो राखेर उनले फ्याक्ट्री खोलेको बताए । उनले भने ‘पानीको ल्याब परीक्षण गर्न साथीसँग तम्सुक लेखाएर, ३ रुपैयाँ व्याजमा ऋण लिएँ । संरचना निर्माणका लागि मात्रै नौ महिना लाग्यो ।’

२४ घण्टामा २ हजार जार पानी उत्पादन गर्न सक्ने दाबी गर्दै खनालले विशेषगरी भिमाद, दुलेगौंडा, खैरेनीटार र दमौलीसम्म पानी उपलब्ध गराइने बताए । आफ्नो पुख्र्यौली जग्गामा फ्याक्ट्री खोलेका उनले बोरिङदेखि लिएर आउँदा डेढ करोड लगानि गरिसकेको बताए ।

उनी भन्छन् ‘१७ वर्ष भारतीय सेनामा जागिर गरेँ । देश विदेश पनि गएँ । जहाँ गएपनि नेपालीले भोग्नुपरेको पिडाँ देखेर भावुक हुन्थेँ । अबको बाँकी जीवनमा केही गर्नुपर्छ भनेर यो पानी फ्याक्ट्री खोल्नु मेरो लक्ष्य नै थियो । एउटा ब्राण्डको स्थापना गरौँ । घाटा नाफा, सफल, विफल भन्ने भविष्यमा देखिएला । एक कृषकको छोरोले साहस लिएको छ । स्वच्छ छविले पानी फ्याक्ट्री सञ्चालनमा आएको १५ दिन भएको छैन मैले सुलभ मूल्यमा पानी उपलब्ध गराइरहेको छु । त्यसकारण म धन्यवादको पात्र छु ।’

उद्यमी खनालले दुई वर्षसम्म एक वटा २० लिटर जारको मूल्य ४५ रुपैयाँ नै कायम रहने बताउँदै दुई वर्षपछि ५० बनाइने जानकारी दिए । पाँच वटा भन्दा बढी जारको पानी किन्नेलाई उनले ३५ रुपैयाँमा पानी उपलब्ध गराउँदै आएको पनि बताए ।

बढ्दै गरेको विश्व बजारको चरम आर्थिक मन्दी र दैनिक अवसरको खोजीमा युवाहरु विदेश पलायन पद्दती र आम नागरिकका स्वास्थ्यलाई ख्याल राख्दै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने हेतुले फ्याक्ट्री सञ्चालनमा ल्याइएको बताए । यसबाट भिमाद आसपासका मानिसले स्वच्छ र स्वस्थ पानी पिउन पाउनुका साथै स्थानीय युवाहरुले पनि रोजगारीको अवसर प्राप्त गर्ने उनको भनाई छ ।