११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षको भेला प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला– सूर्य थापा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई प्रचण्डको निर्देशनमा हुन लागेको कथित गुट भेला भन्दै रमिता र गाईजात्राको संज्ञा दिएका छन् ।

आज दिउँसो पत्रकार सम्मेलनमार्फत माधव नेपाल–झलनाथ खनाल पक्षले सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिने राष्ट्रिय भेला बोलाएकोबारे जानकारी दिइँदै छ । यो सूचना आएपछि थापाले सानेपामा हुने कथित गुटगत भेला प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला वा रमिता भएको आरोप लगाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका १५ वटा बुँदाहरु:

शहरमा "विधि र पद्धति"काे रमिता कि गाइजात्रा ?

नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला-

१. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे !

२. यसलाई चैत महिनामा प्रदर्शित बेमाैसमी गाइजात्रा पनि भन्न सकिन्छ ।

३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे ।

४. याे केवल यसका नेतृत्वकर्ताहरूकाे कुण्ठा र द्वेय प्रदर्शन मात्रै हाे ।

५. पार्टीकाे सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूकाे नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यकाे मञ्चन मात्र हाे ।

६. याे "विधि र पद्धति"काे दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीकाे पराकाष्ठा हाे, जाे प्रचण्डकाे आड र साठगाँठमा चल्दैआएकाे विभाजन ने हाे भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुन: प्रचण्ड पथमा सामेल हुन जाने तयारी हाे । त्यसकै लागि प्रचण्डले आफ्नाे समुहकाे केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेकाे यथार्थ जगजाहेर नै छ ।

७. हिजाे नेकपामा सहमतिकाे आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतकाे नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेकाे चारपटक निस्कासनकाे अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुकाे विकल्प नै नरहेकाे असहजता र छटपटीकाे अनुभूति हाे ।

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दाेलन, स्थिरता, विकास र समृद्धिविरूद्दकाे घात हाे ।

९. पार्टी केन्द्रीय कमिटीकाे फागुन २८ गतेकाे निर्णयकाे अवज्ञा,अनुशासनहीनता र अराजकता हाे । कार्की बैक्वेट पार्टीको भए पनि स्वघाेषित अध्यक्ष भइछाड्ने पदलाेलुपता एवं अभिनय हाे ।

१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानकाे बर्खिलाप कार्य हाे । फागुन २३ गते यता अर्याल हाेटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछाेपकाे निम्छराे र निरूपाय काेसिस हाे । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला राेक्न दिनुभएको निर्देशनकाे ठाडाे अवज्ञा हाे ।

११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेकाे १९ पृष्ठ लामाे पुरानाे आराेपपत्रकाे नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझाैताकाे बन्धक बनाउने कुत्सित प्रयास हाे ।

१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगाे कम्युनिस्ट आन्दोलनकाे भविष्यमा कालाे बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हाे ।

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसाेपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हाे ।

१४. याे आाम जनता र कार्यकर्ताकाे आकांक्षा र अभिमतविपरितकाे क्रियाकलाप हाे। यस्ताे कार्यमा काेही कसैले आफुलाई सामेल नगराै ।

१५. त्यसैले आउनुहाेस- विभाजन र बिखण्डनकारी तथा एकताविराेधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हकाे पक्षमा स्पष्ट र एकजुट भएर अघि बढाैं !

अरू कसैकाे याेजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी काेसिसहरूलाई परास्त गराैं !!