११ श्रावण २०८३, सोमबार
,
Latest
ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकल्याण्डमा टिम साउथीले रचे इतिहास, यस्तो उपलब्धी हासिल गर्ने विश्वकै पहिलो बलर बने



अ+ अ-

न्यूजिल्याण्डले पाँच खेलको टी-२० शृंखला शानदार जितका साथ सुरु गरेको छ । केन विलियम्सनको कप्तानीमा रहेको किवी टोलीले पहिलो टी–२० खेलमा पाकिस्तानलाई ४६ रनले पराजित गर्यो । ब्याटिङमा डेरिल मिचेल र बलमा टिम साउथीले जित दिलाए ।

साउथीले आफ्नो पेस र स्विङले पाकिस्तानी ब्याट्सम्यानलाई तहसनहस बनाए । साउथीले मात्र २५ रन दिएर चार विकेट लिए । साउथीले यस खेलमा यस्तो उपलब्धि हासिल गरे, जुन अहिलेसम्म कुनै बलरले गर्न सकेका छैनन् ।

टिम साउथी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । पाकिस्तानविरुद्धको पहिलो टी–२० खेलमा साउदीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएको थियो । साउदीले मोहम्मद रिजवानलाई आफ्नो पहिलो शिकार बनाए । त्यसपछि किवीका अनुभवी बलर इफ्तिखार अहमदलाई प्याभिलियनको बाटो देखाए । अन्तिम ओभरमा साउदीले अब्बास अफ्रिदी र ह्यारिस रउफलाई आउट गरेको थियो ।

टिम साउथी अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटै फर्म्याटमा १५० विकेट लिने पहिलो बलर पनि हुन् । टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिनेमा साकिब अल हसनको नाम साउथीपछि दोस्रो स्थानमा छ । शाकिबले क्रिकेटको छोटो फर्म्याटमा १४० विकेट लिएका छन् । यो सूचिमा तेस्रो स्थानमा राशिद खान छन्, जसले १३० विकेट लिएका छन् ।

२२७ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सम्पूर्ण टिम १८० रन बनाएर अलआउट भएको थियो । टोलीका तर्फबाट पूर्व कप्तान बाबर आजमले सर्वाधिक ५७ रन बनाए । बाबरले आफ्नो ५७ रनको इनिङ्समा ६ चौका र २ छक्का प्रहार गरे । तर बाबर बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान क्रिजमा बसेर खेल्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको थियो । टोलीका तर्फबाट डेरिल मिचेलले उत्कृष्ट ब्याटिङ गर्दै २७ बलमा ६१ रनको विस्फोटक इनिङ खेले भने केन विलियम्सनले ४२ बलमा ५७ रन बनाए । यो जितसँगै किवी टोलीले सिरिजमा १–० को अग्रता बनाएको छ ।