४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल



अ+ अ-

काठमाडौँ । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाउनुभएको पत्र हस्तान्तरण गर्नुभएको थियो । रासस