७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकले ताजा जनादेश खोजेको भन्दै संसद् विघटनकै पक्षमा प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् ।

संसद् पुनःस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् । बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको भन्दै दलीय एकता र सहकार्यबाट मुलुकलाई अघि बढाइनुपर्ने आवश्यकता औंल्याइन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुलुकले ताजा जनादेश खोजेको भन्दै संसद् विघटनकै पक्षमा धारणा राखेका थिए । त्यसपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने चुनाव मात्रै विकल्प नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् सुचारु गर्नेतर्फ लाग्न सुझाएका थिए ।

‘प्रधानमन्त्रीको जोड ताजा जनादेशमा जानुपर्छ भन्ने नै थियो, उहाँ फेरि पनि संसद् विघटनकै पक्षमा देखिनुहुन्थ्यो,’ बैठकबाट बाहिरिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सञ्चारकर्मीसँगको संवादमा भने । राजधानी दैनिकमा समाचार छ ।