• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

वनमन्त्रीसँग विश्व खाद्य तथा कृषि संगठन प्रमुखको भेट: बाँस खेतीबारे छलफल



काठमाडौँ । विश्व खाद्य तथा कृषि संगठन प्रमुख क्यु दोङ युले वन त्था वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्ने र अनुकुलनको कार्यक्तम सञ्चालन गर्नेबारे छलफल भएको हो । प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिनुभयो । गरिबीको रेखामुनिको जनसंख्याको जीवनस्तर उकास्न, जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिनुभयो । नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढावा दिनुपर्ने बताउनु भयो । जैविक विविधताको संरक्षण र खाद्य सुरक्षामा कृषि कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

भेटमा वन तथा वातावरणमन्त्री डा.महतोले खाद्य, जल, उर्जा, वन र जैविक विविधतालाई एकीकृत रुपमा अगाडि बढाउने कार्यक्रम नेपाल जस्ता बहुआयामिक जोखिम भएका मुलुकमा आवश्यक रहेको बताउनु भयो । यस्ता विषयलाई समेटेर कार्यक्रम बनाउन प्रमुख युलाई आग्रह गर्नुभयो ।

विश्व खाद्य तथा कृषि संगठनका प्रमुख यु नेतृत्वको टोली तीन दिने भ्रमणको लागि काठमाडौं आएको हो । प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालसँग भेट गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले आज अपरान्ह भविष्यको स्मार्ट बाली सम्बन्धी नीीत संवाद गर्दैछ । विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ । यो नेपालमा काम गर्ने संयुक्त राष्ट्रसंघ अन्तर्गतको पहिलो नियोग हो । विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक श्रोत व्यवस्थापन, दिगो कृषि र ग्रामिण विकासमा काम गरिरहेको छ ।