२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी अधिवेशनको पहिलो दिन नै टिआरसी विधेयक संसदमा पेस गर्नुपर्छ: रमेश लेखक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पीडितको कुरा पनि अब सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रश्तुत गर्नुपर्ने बताउनु भयो । उहाँले पीडितहरुले अब धैयर्ता गर्न नसकिने भनिरहेकाले संसद सञ्चालन हुनु भन्दा पहिला नै सहमति जुटाएर संसदमा पेस गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पीडितहरुले टिआरसी विधेयकमा शब्दमा खेलेर राजनीति नगर्न चेतावनी दिइरहेका र विश्वमञ्चले पनि बारम्बर जिज्ञासा राख्ने गरेकाले यो विषयलाई चाँडै टुंगो लगाउनुपर्ने बताउनु भयो । उहाँले सहमति नजुटे प्रक्रियामा जानुपर्ने र प्रक्रियामा जानका लागि कुनै डर मान्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आउने अधिवेशनको पहिलो दिनमा यो विधेयक मान्य सभापतिज्युले प्रतिवेदनसाथ हाउसमा प्रश्तुत गर्नुपर्छ । किनभने पीडितको कुरा पनि हामी सुनिरहेका छौँ, अब उहाँहरुले हामी अब संयमित हुन सक्दैनौँ, अब धैयर्ता हुन सक्दैन । अब तपाईहरुले यसलाई पास गर्नुस् भन्नुभएको छ । अस्ति त धेरै ज्यादा शब्दमा खेलेर राजनीति गर्नुभयो भने ठिक हुँदैन, हामी आन्दोलन गर्छौं भन्नुभएको छ । इन्टरनेशनल कम्युनिटीको कुरा गर्दा भेट भयो की ट्रान्जिसनल जस्टिस कहिले टुंग्याउने भन्छ, झुटो कति बोल्नु ? १७ वर्षसम्म भएन । देशभित्रको मिडियाको त्यही जिज्ञासा छ ।’

‘नागरिक समाजको त्यही जिज्ञासा छ । अब यसलाई कति दिनमा हप्ता, १० दिन, १५ दिन यो हाउस चल्नु भन्दा पहिला कति दिनसम्मा हामी आपसमा औपचारिक, अनौचारि रुपले, समितिको बैठक बसेर, दुई चार जना मानिस छुट्टै बसेर वा अनौपचारि रुपमा थोरै कुरा गरेर नेताहरुलाई कुरा गरेर जसरी हुन्छ यसलाई हप्ता १० दिन मा सहमतिमा टुंग्याऔँ । सहमतिमा नटुंगिए एग्रि टु डिसएग्रि भएर जाऔँ । अब प्रोसेसमा जाऔँ । प्रोसेसमा जानुपर्ने कुरामा धेरै डर मान्नुपर्ने कुरा छैन । बजेटमै डिभिजन गरिसकेका छौँ । कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो हुँदैन । प्रक्रियामा गएर भनेपनि टुंग्याउनुपर्छ ।’

प्रमुख सचेतक लेखकले कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो नहुने बताउनु भयो ।