२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी अधिवेशनको पहिलो दिन नै टिआरसी विधेयक संसदमा पेस गर्नुपर्छ: रमेश लेखक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पीडितको कुरा पनि अब सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रश्तुत गर्नुपर्ने बताउनु भयो । उहाँले पीडितहरुले अब धैयर्ता गर्न नसकिने भनिरहेकाले संसद सञ्चालन हुनु भन्दा पहिला नै सहमति जुटाएर संसदमा पेस गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पीडितहरुले टिआरसी विधेयकमा शब्दमा खेलेर राजनीति नगर्न चेतावनी दिइरहेका र विश्वमञ्चले पनि बारम्बर जिज्ञासा राख्ने गरेकाले यो विषयलाई चाँडै टुंगो लगाउनुपर्ने बताउनु भयो । उहाँले सहमति नजुटे प्रक्रियामा जानुपर्ने र प्रक्रियामा जानका लागि कुनै डर मान्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आउने अधिवेशनको पहिलो दिनमा यो विधेयक मान्य सभापतिज्युले प्रतिवेदनसाथ हाउसमा प्रश्तुत गर्नुपर्छ । किनभने पीडितको कुरा पनि हामी सुनिरहेका छौँ, अब उहाँहरुले हामी अब संयमित हुन सक्दैनौँ, अब धैयर्ता हुन सक्दैन । अब तपाईहरुले यसलाई पास गर्नुस् भन्नुभएको छ । अस्ति त धेरै ज्यादा शब्दमा खेलेर राजनीति गर्नुभयो भने ठिक हुँदैन, हामी आन्दोलन गर्छौं भन्नुभएको छ । इन्टरनेशनल कम्युनिटीको कुरा गर्दा भेट भयो की ट्रान्जिसनल जस्टिस कहिले टुंग्याउने भन्छ, झुटो कति बोल्नु ? १७ वर्षसम्म भएन । देशभित्रको मिडियाको त्यही जिज्ञासा छ ।’

‘नागरिक समाजको त्यही जिज्ञासा छ । अब यसलाई कति दिनमा हप्ता, १० दिन, १५ दिन यो हाउस चल्नु भन्दा पहिला कति दिनसम्मा हामी आपसमा औपचारिक, अनौचारि रुपले, समितिको बैठक बसेर, दुई चार जना मानिस छुट्टै बसेर वा अनौपचारि रुपमा थोरै कुरा गरेर नेताहरुलाई कुरा गरेर जसरी हुन्छ यसलाई हप्ता १० दिन मा सहमतिमा टुंग्याऔँ । सहमतिमा नटुंगिए एग्रि टु डिसएग्रि भएर जाऔँ । अब प्रोसेसमा जाऔँ । प्रोसेसमा जानुपर्ने कुरामा धेरै डर मान्नुपर्ने कुरा छैन । बजेटमै डिभिजन गरिसकेका छौँ । कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो हुँदैन । प्रक्रियामा गएर भनेपनि टुंग्याउनुपर्छ ।’

प्रमुख सचेतक लेखकले कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो नहुने बताउनु भयो ।