२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले टिआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्नुस्: सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु बोलेकाले ति आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले एमालेल असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरु प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताउनु भयो । उहाँले विधेयक निर्माढा गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरु मिलेर विधेयक आफू अनुकुलतको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताउनु भयो । उहाँले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यी विषयहरु हामी सहमतिमै टुंग्याउन सक्छौँ । यदी भएन भने बिल निर्माणको आफ्नो प्रक्रिया छ । बिल निर्माणको आफ्नो प्रक्रियामा हाम्रा भनाइहरु रहन्छन्, यो कुरा फेरि पनि भन्छु तर मान्छेहरुलाई यति के नपरोस् भने हिजो टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुरजी पनि र तोकिने पुष्पकमल दाहालज्यु पनि सरकारमा हुनुहुन्छ,। सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनता नपरोस् । त्यसमा हामी सचेत छौँ । गहन छलफल गरेर नै टुंग्याऔँ । व्यवस्थित कानून बनाउने कोणबाट नै हामीले सोचेरै जाऔँ । सबैको साझा विषय हो भन्ने ठाउँबाट बुझ्नुहोला । सरकारको तहबाट समाजमा उठेका मुद्दा प्रतिपक्षका बेन्चबाट आउँछन् भन्ने ठानिदिनुपर्छ । विधेयक निर्माणको प्रक्रियामा आफू अघि बढ्न सक्नुहुन्छ, एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै हुनुहुन्छ, यो गलत छ ।’

सचेतक बर्तौलाले विधेयक अब छिटो टुंग्याउन आवश्यक रहेको बताउनु भयो ।