११ श्रावण २०८३, सोमबार
,
Latest
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको ‘अपरेशन केक’, दुई कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ । उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ ।

‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस २२ गते काठमाडौँमा विशन मानन्धर पक्राउ परेका थिए । ब्यूरोले टोली परिचालन गरी मङ्गलबार थप दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको उहाँले बताउनुभयो । पक्राउ पर्नेमा काठमाडौँको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौँको दक्षिणकाली नगरपालिका–३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।

दुवैजनाले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । प्रहरीले उनीहरुको कोठाबाट एक किलो एक सय ग्राम गाँजा, एक किलो पाँच सय ६८ किलो डाँठसहितको गाँजा, बिक्री गर्न राखेको एक किलो नौ सय ग्राम केक, एक थान माइक्रोओभन, नौ सय ग्राम बटर तथा एक किलो तीन सय ग्राम कुकिज बरामद गरेको छ ।

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ । रासस