१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेको सजाय निर्धारण गरेको हो ।

यसैबीच सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले भने कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन् ।

बुधवार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्युनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरे ।

अधिवक्ता घिमिरेले सो सम्बन्धि सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको स्पष्ट पारे । सन्दिप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्युनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको उनले बताए ।

उनले भने ‘हामी माथिल्लो अदालत जाने हाम्रो अधिकार सुरक्षित छ । तर सन्दीप लामिछानेको व्यक्तित्व, उनले राष्ट्रिय जीवनमा खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्युनतम सजाय होस भन्ने हो । अब यो सजायको हकमा त अथवा यो दोषीको हकमा त हामी त्यो फैसला पूर्वाग्रहीपूर्ण भयो । र त्यो फैसलाले सन्दिप लामिछानेमाथि मानसिक दबाब र मानसिक प्रेसरमा राखिएको अवस्था छ । हामीलाई के विश्वास छ भने न्यायालयले आफूले फैसला सुनाउँदाखेरी कुनै आधार र प्रमाण पक्कै पनि लिएको हुनुपर्छ । तर त्यसमा हाम्रो आपत्ति र त्यसमा हाम्रो डिसेन्टिङ ओपनियन छ । त्यो बारेमा संविधानले सुरक्षित गरेको न्याय माग्न उच्च अदालत जाने हाम्रो अधिकार सुरक्षित भएको हुनाले हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौं । हामी दोषी होइनौं, हाम्रो पक्ष दोषी होइन । र सन्दिप लामिछाने आफूलाई निर्दोषिता वा अझै पनि आफू निर्दोष रहेको कुराको दलिल गरेको छ । कुनैपनि कुराको आधार, कारण, प्रमाणहरुले सन्दीप दोषी देखिँदैनन् ।’