• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

सरकारले कृषिमा ५ प्रतिशत बजेट व्यवस्था गर्नुपर्छ: सभापति राणा



काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताउनुभएको हो । उहाँले कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कृषिमा जुन किसिमको सेवा सुविधा नेपाली जनताले खोजेको छ । कृषिमा सेवा सुविधा मात्रै होइन । कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारले कृषिमा ५ प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौं । बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरुले प्रश्ताव गरिरहेका छन् । समितिमा त्यसको लागि समय दिन्छौं । किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ । उहाँले रेसपोन्स गर्नुभएको छ । नेपालका १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम र स्काउटहरुलाई तालिमको लागि तयारी गर्छौं ।’

उहाँले भारतीय राजदुतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम दिने तयारी रहेको बताउनु भयो ।