• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी ★   जोडीहरू किन सबैभन्दा बढी घाँटीमा चुम्बन गर्न मन पराउँछन् ? ★   जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ ★   यी हुन् विश्वका सात कम जनसंख्या भएका सहर, यहाँ त ३० जना मात्रै बस्छन् ★   एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

राष्ट्रविरोधी गतिविधि हुन नदिन एमाले महासचिवको जोड



file photo

गुल्मी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेका राजनीतक दल सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै राष्ट्रविरोधी गतिविधि हुन नदिनेतर्फ समाजका सबै वर्ग एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

एमाले जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता बढ्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको छ, राष्ट्र विरोधी र अराजक शक्ति हाबी भएका छन् । त्यसो हुन नदिन सबै राजनीतिक पार्टी एकताबद्ध हुन आवश्यक छ । ”

महासचिव पोखरेलले देशको विकासालाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नुको उद्देश्य पनि राष्ट्र र समाजकै विकास भएको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन प्रशिक्षणमा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापाले प्रशिक्षण दिने कार्यक्रम छ । रासस