१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने



अ+ अ-

सुर्खेत । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराँउदै पुलिस फाइनलमा पुगेको हो ।

विभागिय डर्बीमा पुलिसले आर्मीलाई २५–२१, २५–२३ र २५–१९ ले हरायो ।

अब पुलिसले उपाधिका लागि साविक विजेता एपिएफको सामना गर्नेछ । फाइनल खेल भोलि बिहिबार हुनेछ ।