४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु

बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु
अ+ अ-

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस  सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताउनु भएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी यस बम आक्रमणको तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छ्र्र्रैनन् । यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए । 

यस आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य छ जना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले एएफपीलाई बताउनु भएको छ । 

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ ।  हालका केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ ।

अफगानिस्तानका  सर्वसाधारणलाई जानाजानी लक्षित गरी हमला गर्ने डरलाग्दो संख्याका गत साता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।