• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव ★   सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन ★   गृहमन्त्री हुँदा रवि लामिछानेले स्टन्टमात्रै गरे: मन्त्री गुप्ता ★   स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा ★   उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट ★   चैते धान खेती गर्ने कृषकलाई अनुदान ★   नेपाल प्रतिभाहरु भएको देश होः प्रधानमन्त्री ओली ★   खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट ★   निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छुः उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल – आर्थिक पुनरुत्थान निजी क्षेत्रको… ★   सिमलताल घटनाः उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव

कोशी प्रदेशको सभामुखमा विष्टद्वारा शपथ



मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रदेशसभाबाट निर्वाचित सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४ को नियम ८ बमोजिम शपथ गराइएको हो ।

शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख र विभिन्न राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसअघि आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)को सहमतिमा सभामुख विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रदेशसभा सदस्य हुनुभएको हो । रासस