२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’ पछि जावेद अख्तरको निशानामा ‘जब तक है जान’



अ+ अ-

एजेन्सी । दिग्गज गीतकार तथा लेखक जावेद अख्तर आफ्नो भावना व्यक्त गर्न हिचकिचाउँदैनन् । उनले भारतीय दर्शकहरूलाई धेरै प्रकारका उत्कृष्ट र अद्भुत कथाहरू दिएका छन् ।

हालै उनले सन्दीप रेड्डी वांगाको ‘एनिमल’ विरुद्ध आफ्नो विचार व्यक्त गरेका थिए । उनले फिल्मको सफलतालाई खतरनाक भनेका थिए । जावेद यहीँ रोकिएनन् । अब शाहरुख खानको ‘जब तक है जान’ उनको निशानामा आएको छ ।

जावेद अख्तर आजका चलचित्रहरूमा महिला सशक्तिकरणलाई जसरी देखाइन्छ त्यसबाट असन्तुष्ट छन् । उनले पहिले चलचित्र ‘एनिमल’ मा महिलाको प्रतिनिधित्वका बारेमा आफ्नो धारणा राखेका थिए भने अहिले निर्देशक यश चोपडाको ‘जब तक है जान’ मा एउटा संवादको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले आजका चलचित्रकर्मीले नारीको छवि बनाउन विभिन्न प्रयोग गरिरहेको बताए । तर उनीहरूलाई थाहा छैन कि वास्तविक बलियो महिला को हो । जावेद अख्तरले ‘जब तक है जान’ को उदाहरण दिए । उनले यस फिल्ममा अनुष्का शर्माको संवाद यस्तो छ– ‘विवाहअघि संसारभरका विभिन्न एक्सेन्ट भएका पुरुषसँग सुत्ने गर्छु ।’

जावेदले भने, ‘यति मिहिनेत गर्नुपर्ने के हो । यसमा उनीहरु आधुनिक महिला मात्र देख्छन् । बलियो महिला के भनिन्छ थाहा छैन । त्यसैले पनि महिलाले राम्रो भूमिका पाइरहेका छैनन् ।’

उनले फिल्ममा कुनै पनि विषयवस्तु नभएको बताए । समाज आफैं प्रष्ट नभएकाले सामग्री के हो भन्ने कुरा लेखक र चलचित्रकर्मीले बुझेका छैनन् । जनताले मन पराउने विषयवस्तुमा फिल्म बनाउन सकिँदैन । जावेद अख्तरले माधुरी दीक्षित र श्रीदेवीजस्ता अभिनेत्रीले ठूलो भूमिका नपाएको पनि जोड दिए । उनीहरुलाई ‘बंदिनी’, ‘सुजाता’ जस्ता फिल्मको अफर आएन ।