७ आश्विन २०८१, सोमबार
,
Latest
सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाए



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् । मेयर साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् ।

महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो ।

सो विषयलाई लिएर मेयर साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो ।

त्यसपछि केही दिन विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुनः कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाएको बुझिएको छ ।

यो पनि पढ्नुस्ः मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके