२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा-पर्सा औद्योगिक कोरिडोरः उद्योगको फोहोर पानी निकासमा विवाद



अ+ अ-

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग र वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाबीच उद्योगको फोहोर पानी निकासमा विवाद देखिएको छ । आयोजनाले उद्योगबाट निस्किने रसायनयुक्त फोहोर पानी सडकको नालामा खसाल्न नपाइने बताएपछि विवाद बल्झिएको हो ।

व्यापारिक मार्गमा पर्ने उद्योगले प्रशोधन नगरिएको रसायनयुक्त पानी सडकको नालामा हालेपछि व्यापारिक मार्गले त्यसको प्रतिवाद गरेको छ । उद्योगहरूले रसायन मिसिएको पानी नालामा खसाल्दा नाला बिग्रिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख मनीषकुमार साहले बताए । उद्योगले रसायनयुक्त पानी प्रशोधन नगरी नालामा हाल्दा परवानीपुर खण्डमा ३ किलोमिटर नाला बिग्रिएको दाबी साहको छ । उद्योगबाट पानीको निकासमा मिसिएको रसायनले सिमेन्टको नाला बिग्रिएको आयोजनाका प्राविधिकले बताए ।

उद्योगले प्रशोधन नगरिएको पानी सोझै नालामा खलाल्न थालेपछि व्यापारिक मार्ग विस्तार आयोजनाले स्थानीय प्रशासनलाई गुहारेको छ । प्रशोधन गरिएको पानीमात्र नालामा मिसाउन आग्रह गर्दा अटेर गरेपछि उद्योगहरूको मनपरी रोक्न प्रशासनलाई पत्राचार गरिएको साहले जानकारी दिए ।

‘कोरिडोरका वनस्पति घीउ, साबुन, डिटरजेन्ट पाउडर लगायतका उद्योगले सडकको नालामा रसायनयुक्त पानी हाल्दै आएका छन् । यस्ता उद्योगबाट सडकको नालामा हुने पानी निकास रोक्न प्रशासनलाई पत्राचार गरेका छौं,’ योजना प्रमुख साहले भने ।

उद्योग प्रतिष्ठानले सञ्चालनको स्वीकृति लिँदा पानी, वायुजस्ता पर्यावरणीय पक्षमा हुने प्रदूषण नियन्त्रण आफैले गर्ने शर्त स्वीकार गरेका हुन्छन् । कोरिडोरका अधिकांश उद्योगले यो शर्त पालना गरेका छैनन् ।

यही शर्तअनुसार पानी प्रशोधन गरेर नालामा हाल्नुपर्नेमा उद्योगले रसायन मिसिएको पानी निकास गरिरहेको अयोजनाले बताएको छ । सडक र स्थानीय उद्योग प्रतिष्ठानबीच पानी निकासको विषय विवादित बन्दै आएको छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् । 




भर्खरै