२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीडमा फ्यानलाई थप्पड हानेपछि समस्यामा परे शकिब अल हसन



अ+ अ-

एजेन्सी । बंगलादेशमा जनवरी ७ मा निर्वाचन भएको थियो । यसैबीच टोलीका अलराउन्डर शकिब अल हसन चुनाव प्रक्रियाको निरीक्षण गर्न बुथ पुगेका थिए । साकिब संसदीय निर्वाचनमा पनि एउटा सिटबाट उम्मेदवार छन् ।

शकिब आफ्नो एउटा कार्यका कारण समस्यामा परेका छन् । वास्तवमा, निरीक्षणको क्रममा साकिबले एक प्रशंसकलाई थप्पड हाने । शकिबको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेलाडीको यो कार्यको फ्यानहरुले कडा आलोचना गरेका छन् ।

जब मानिसहरूले थाहा पाए कि शकिब निरीक्षण गर्न आएका थिए, त्यहाँ मानिसहरूको भीड जम्मा हुन समय लागेन । खेलाडीको एक झलक पाउन मानिसहरुको भीड लागेको थियो । यस्तो अवस्थामा मानिसहरुको भीडले शकिबलाई चारैतिरबाट घेरेर खेलाडीको नजिक जान खोजेको थियो ।

यस्तो अवस्थामा एक फ्यानले शकिबको हात समात्ने प्रयास गरे । शकिबले उनलाई कडा थप्पड हाने । शकिब अवामी लिगको तर्फबाट मगुरा–१ बाट चुनाव लडेका थिए जसमा उनले ठूलो जित हासिल गरेका थिए । शकिब डेढ लाखको भारी मतले विजयी भएका छन् । अब यस्तो अवस्थामा शकिबको क्रिकेट करियरको भविष्य कस्तो हुन्छ हेर्नु विशेष हुनेछ ।