• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा परी ९ व्यक्तिको मृत्यु



काबुल । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । बुधबार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो ।

यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

गत नोभेम्बरमा पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका  थिए । रासस/सिन्ह्वा