१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुतावासले सिधै २० करोड वितरण गर्नेकुरा खेदजनक छ, स्वीकार्य हुँदैन: ईश्वर पोखरेल



अ+ अ-

काठमडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय राजदुतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको बिरोध गर्नुभएको छ ।

आईतवार काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कुनैपनि देशले बजेटअन्तर्गत नभइ सिधा जनतामा वितरण गर्नेकुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको जिकिर गर्नुभयो । उहाँले सरकारले गरेको सो सहमति र सम्झौताको विपक्षमा नेकपा एमाले रहेको बताउनु भयो । उहाँले यो सहमति राष्ट्रिय हित विपरित रहेको दाबी गर्नुभयो । उहाँले सिधा दुतावासले वितरण गर्नेकुरा खेदजनक रहेकाले नेकपा एमालले स्वीकार गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धनको सकरार, त्यो गठबन्धनलाई नेतृत्व गर्ने प्रधानमन्त्री छिमेकी मुलुकमा भ्रमण गर्न जाँदा आफ्नो भूमि फिर्ता ल्याउने बारेमा चुँसम्म पनि बोल्न सक्नुहुन्न । एक शब्द बौल्दैनन् । हाम्रो अतिक्रमित भूमि फिर्ता लिनुपर्छ भन्नेकुरामा कुटनीतिक पहल र प्रयत्न पनि गर्दैनन् । त्यस्तो एउटा निर्लज्ज र कायर खालको भुमिका उनले खेलिरहेका छन् । हामी त्यसको निन्दा र भन्त्र्सना गर्न चाहन्छौँ । अहिले एउटा छिमेकी मुलुकका परराष्ट्रमन्त्री आउँछन् । हिजो कुनै बेला तीन करोड वितरण गर्दथ्यो राजदुतावासले । त्यसपछि ५ करोड वितरण गर्नेकुरा प्रारम्भ गरियो ।’

‘अहिले २० करोड पुर्‍याइएको छ । त्यो हाम्रो राष्ट्रको बजेटअन्तर्गत होइन । बजेटको अंग बनाएर होइन । अब कुनैपनि मुलुकको राजदुतावासले नेपाल भित्र आएर पैसा वितरण गर्ने र आफ्ना मान्छे बनाउने योजनाको डरलाग्दो षड्यन्त्रपूर्ण योजना बनाइएको छ । नेकपा एमाले त्यो सहमति र सम्झौताको बिरोध गर्दछ र त्यसमा असहमति प्रकट गर्दछ । यो राष्ट्रिय हितको विपरित हो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच पुग्ने कुरा हो । भारतको मात्रै कुरा होइन कुनैपनि देशले सहयोग गर्छ भने स्वागत गर्दछौँ तर त्यो सहयोग बजेटअन्तर्गत वितरण गर्नुपर्छ । सिधा दुतावासले वितरण गर्नेकुरा खेदजनक छ, त्यो मान्य हुन सक्दैन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले देशको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनेको बताउनु भयो । उहाँले सरकारले अपाङ्गतामैत्री नीति बनाउन आवश्यक रहेको बताउनु भयो ।