११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटभेला गर्नेहरुलाई अनुशासनको कारबाही गर्ने एमाले संसदीय दलको निर्णय



अ+ अ-

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष अर्थात् ओली पक्षले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको संसदीय दलले पार्टीको निर्देशन अबज्ञा गर्ने सांसदहरुलाई विधानअनुसार स्पष्टीकरण सोध्ने  र कारबाहीको प्रक्रिया अघि बढाउने भएको हो । 

प्रधानमन्त्री निबास बालुवाटारमा आज बसेको संसदीय दलको बैठकले  गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई निर्देशन पनि दिएको छ । 

यसैगरी बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन निर्देशन सिमेत दिएको छ । अन्यथा दलको बिधान अनुसार कारबाही गरिने पनि सो पक्षले जनाएको छ । 

नेताहरुमाथि कारबाही गर्नका लागि यो बोर्डको व्यवस्था विधानमा रहेकोले आजको उक्त बैठकले बोर्डको गठन गरेको हो । यसबाट अब ओली पक्षले नेपाल खनाल पक्षलाई कारबाही गर्ने भएको स्पष्ट देखिएको छ ।