७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटभेला गर्नेहरुलाई अनुशासनको कारबाही गर्ने एमाले संसदीय दलको निर्णय



अ+ अ-

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष अर्थात् ओली पक्षले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको संसदीय दलले पार्टीको निर्देशन अबज्ञा गर्ने सांसदहरुलाई विधानअनुसार स्पष्टीकरण सोध्ने  र कारबाहीको प्रक्रिया अघि बढाउने भएको हो । 

प्रधानमन्त्री निबास बालुवाटारमा आज बसेको संसदीय दलको बैठकले  गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई निर्देशन पनि दिएको छ । 

यसैगरी बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन निर्देशन सिमेत दिएको छ । अन्यथा दलको बिधान अनुसार कारबाही गरिने पनि सो पक्षले जनाएको छ । 

नेताहरुमाथि कारबाही गर्नका लागि यो बोर्डको व्यवस्था विधानमा रहेकोले आजको उक्त बैठकले बोर्डको गठन गरेको हो । यसबाट अब ओली पक्षले नेपाल खनाल पक्षलाई कारबाही गर्ने भएको स्पष्ट देखिएको छ ।