२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा पदमा भागबन्डा: कुन प्रदेशमा कुन दललाई ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्ताधारी गठबन्धन दलबीच राष्ट्रियसभाको १९ वटै सिटमा भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ताधारी गठबन्धनको बैठकमा उक्त सहमति भएको हो ।

सहमतिअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन् । एउटा राष्ट्रपतिले मनोनित गर्ने सिटमा भने राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको छ । उक्त सिटमा जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई उठाउने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार कहाँ कसले उम्मेदवारी दिने भन्नेबारेमा पनि करिब टुंगो लागिसकेको छ । उहाँका अनुसार संख्यामा कुरा मिलेको र कहाँ कसले उम्मेदवारी दिने भन्ने पनि लगभग टुंगो लागेको छ, । बाँकी पनि अब केही बेरमा टुंगो लाग्ने उहाँले बताउनुभयो ।

यद्यपि बैठकमा मोटामोटी ढंगले सहमति भएकाले केही सिट यताउता हुनसक्ने संकेत गर्नुभयो । राष्ट्रियसभामा बागमतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २/२ गरी ६ समेत १९ सीटका लागि निर्वाचन हुँदैछ ।

कांग्रेसले पाएका १० सीटमा बागमती, गण्डकी र सुदूरपश्चिममा २/२ गरी ६ तथा कोशी, मधेश, लुम्बिनी र कर्णालीमा १/१ सीट रहेका छन् ।

माओवादीको भागमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीमा र सुदूरपश्चिममा १/१ गरी ६ सीट परेको छ ।

तीन सीट दाबी गरेको नेकपा एकीकृत समाजवादीले बागमती र कर्णालीमा १/१ सीट प्राप्त गरेको छ । यद्यपि उसले ३ सीट दाबी गरे पनि २ सीट मात्रै पाएपछि असन्तुष्टि जनाएको छ ।

बालुवाटार बैठकलगत्तै उसले सचिवालयको बैठक बोलाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले मधेसमा १ सीट पाएको छ ।