२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । गठबन्धन दलहरूको बैठक सकिए लगत्तै पार्टी मुख्यालय आलोकनगरमा बैठक बस्ने गरी बोलाईएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

शनिबार बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालललाई दिएको थियो ।

राष्ट्रिय सभाको रिक्त १९ स्थानमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट लिने गरी भागबन्डा भएको छ । यद्यपि त्यसमा एकीकृत समाजवादीले भने असन्तुष्टी व्यक्त गरेको छ ।

बालुवाटार बैठकमा कुरा नमिलेपछि थप निर्णय लिन एकीकृत समाजवादीले आकस्मिकरूपमा सचिवालयको बैठक बोलाएको हो ।