२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरहथवामा मृत्यु भएका जयशंकरको शव घटनास्थलबाट अझै उठाइएन



अ+ अ-

काठमाडौँ । प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन ।

बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शनलाई नियन्त्रणमा गर्ने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो ।

आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका साहको शव घटनास्थलमै रहेको हो ।

शनिबार गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।

शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि बिना निष्कर्ष सकिएको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागिता थियो ।

आइबार बिहान पुन: आन्दोलनरत पक्ष, मृतक परिवारका सदस्यसहित इलाका प्रशासन कार्यालय बरहथवामा छलफल हुने प्रहरीले बताएको छ ।

आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नति तथा बरहथवा नगरपालिकाका प्रमुखको राजीनामालगायतका माग राखेका छन् ।

पीडित पक्षका मागका विषयमा सहमति नजिक पुगेकाले आज बिहानको छलफल पछि शव व्यवस्थापन हुन सक्ने जिल्ला प्रहरी सर्लाहीले जनाएको छ ।

साहको मृत्युपछि स्थानीय प्रशासनले शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा क्षेत्रमा कर्फ्यु लगाएको थियो । शनिबार बिहान आठ बजेपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समय पनि आज बिहान आठ बजेदेखि सकिएको छ ।