११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल गर्न सरकारलाई अध्यक्ष ढकालको आग्रह



अ+ अ-

चितवन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी÷व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उद्योग वाणिज्य संघ चितवनको ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले पछिल्लो समयमा डेडिकेटेड लाइन र ट्रंक लाइनका विषयमा जारी रहेको विवादलाई तत्काल समाधानका लागि उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले उद्योगको विद्युत जोडेर वार्ता सुरु गर्न सकिने भन्दै यसका लागि सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘उद्योग बन्द गर्दा नकारात्मक सन्देश जान्छ, मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उद्योग बन्द नगरी यसको दीर्घकालीन समाधानका लागि उपाय खोज्नुपर्छ र त्यसको अग्रसरता सरकारले लिनुपर्छ ।’ अध्यक्ष ढकालले यो समस्याको समाधानका लागि एक उच्चस्तरीय आयोग गठन गर्ने या त्यस किसीमको संयन्त्र निर्माण गरी समस्याको समाधान खोज्नुपर्ने सुझाव महासंघको रहेको भन्दै यसका लागि लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले अर्थतन्त्र सुधारको लागि सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान उन्मुख पनि छ । यो समस्या सहज हुँदै गएपछि छोटो समयमा नै मुलुकको अर्थ क्षेत्रले फड्को मार्न सक्नेगरी काम गर्नुपर्छ र त्यसका लागि व्यवसायी एवं समग्र निजी क्षेत्र लाग्नुपर्छ ।

सरकार र निजी क्षेत्रबिच सहकार्य र एकताले मात्र अर्थतन्त्रलाइ पुरानो लयमा लैजान सकिने बताउँदै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनुपर्ने उहाँको भनाई थियो ।