७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले राष्ट्रिय भेला गर्ने



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालले राष्ट्रिय भेला गर्ने भएको छ। वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला निर्णय गरेको हो। 

सर्वोच्च अदालतले माउ पार्टी व्यूँताएपछि वाईसीएलको भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने सचिव पुष्प ओलीले बताए ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए।  बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।