१ पुष २०८२, मंगलवार
,
Latest
अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

यस्तै, बैठकले कोशीबाट तुलसीप्रसाद न्यौपाने, मधेशबाट रामअवतार यादव, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, सुदूरपश्चिमबाट दामोदर भण्डारी र झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ ।

सर्लाहीको बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले नगर अस्पतालको विषयमा छलफल गरिरहेको बेलामा सत्तापक्षका कार्यकर्ताहरुले आक्रमण गरेको जनाउँदै उक्त घटनामा प्रहरीले बल प्रयोग गर्नेक्रममा स्थानीय नागरिक जयशंकर साहको मृत्यु भएको घटनाप्रति बैठकले दुःख व्यक्त गरेको छ ।

हालै सम्पन्न नेपाल–भारतको संयुक्त आयोगको बैठकमा के–के छलफल र सम्झौता भए भन्ने विषयमा प्रतिपक्षसँग कुनै परामर्श र छलफल नगरिएको प्रति एमालेले गम्भीर चिन्ता प्रकट गरेको छ ।

राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्नुर्ने बताउँदै नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनुहुन्न भन्ने कुरा एमालेले स्पष्ट गरेको छ ।