• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

भारतले नेपाली क्रिकेट टिमलाई सहयोग गर्ने



काठमाडौँ । नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीको लागि भारतले सहयोग गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहनु भएका भारतका विदेशमन्त्री एस। जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।

नेपाल भ्रमणका क्रममा रहेका जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीहरूलाई भेट गर्नुभएको थियो ।