२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस र युक्रेनको श्रम स्वीकृति स्थगन



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ ।

दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।” रासस