२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौँ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताउनु भयो । उहाँले संग्रहालयमा रामापिथिकसदेखि शुरु गरेर नेपालमा शासन गर्ने शासकहरु गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताउनु भयो । २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीकहाँ जुन नारायणहिटी छ, त्यो नारायणहिटीलाई एउटा ग्राण्ड म्युजियम बनाऔँ । त्यो ग्राण्ड म्युजियम बनेको नेपालको जहिलेदेखि नेपाल देशको बारेमा नेपालको बारेमा अस्तित्वमा आयो, वा मानव जातीको अस्तित्व देखियो, त्यो रामापिथिकसदेखि शुरु गरेर जतिपनि नेपालमा शासन गर्ने शासकहरु छन्, गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह हुन्, सबै गरेर २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी हामीले बनायौँ भने पूरा दुई, तीन दिन अध्ययन गर्न सकिन्छ । संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन् । गणतन्त्र सम्बन्धी एउटा छुट्टै बेग्लै एउटा स्मारक बनाउनुपर्छ । एउटा छुट्टै म्युजियम बनाउनुपर्छ । लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदान सबैका गाथाहरु लेख्नुपर्छ । संविधान निर्माण गरेसम्मका इतिहास लेखौँ । हामीले छुट्टै बनाउनु पर्छ । त्यो मान्छेहरु हेर्न चाहन्छन् ।’

अध्यक्ष नेपालले गणतन्त्र सम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्ने बताउनु भयो । उहाँले लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदानका गाथाहरु त्यसमा लेखिनुपर्ने बताउनु भयो ।