२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौँ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताउनु भयो । उहाँले संग्रहालयमा रामापिथिकसदेखि शुरु गरेर नेपालमा शासन गर्ने शासकहरु गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताउनु भयो । २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीकहाँ जुन नारायणहिटी छ, त्यो नारायणहिटीलाई एउटा ग्राण्ड म्युजियम बनाऔँ । त्यो ग्राण्ड म्युजियम बनेको नेपालको जहिलेदेखि नेपाल देशको बारेमा नेपालको बारेमा अस्तित्वमा आयो, वा मानव जातीको अस्तित्व देखियो, त्यो रामापिथिकसदेखि शुरु गरेर जतिपनि नेपालमा शासन गर्ने शासकहरु छन्, गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह हुन्, सबै गरेर २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी हामीले बनायौँ भने पूरा दुई, तीन दिन अध्ययन गर्न सकिन्छ । संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन् । गणतन्त्र सम्बन्धी एउटा छुट्टै बेग्लै एउटा स्मारक बनाउनुपर्छ । एउटा छुट्टै म्युजियम बनाउनुपर्छ । लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदान सबैका गाथाहरु लेख्नुपर्छ । संविधान निर्माण गरेसम्मका इतिहास लेखौँ । हामीले छुट्टै बनाउनु पर्छ । त्यो मान्छेहरु हेर्न चाहन्छन् ।’

अध्यक्ष नेपालले गणतन्त्र सम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्ने बताउनु भयो । उहाँले लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदानका गाथाहरु त्यसमा लेखिनुपर्ने बताउनु भयो ।